+
+
WC Series
सुदूरपश्चिम रोएल्स
184/9 (20)
VS
जनकपुर ५ विकेटले विजयी ।
Won जनकपुर बोल्ट्स
185/5 (19.2)

बाजुरा भूकम्पले १५ घरमा पूर्ण क्षति

१५० घरमा आंशिक क्षति, प्रभाव विवरण संकलन गर्दै प्रशासन

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ६ गते १९:१८

६ पुस, काठमाडौं । बाजुरा केन्द्रविन्दु भएर आज बिहान गएको भूकम्पबाट मानवीय क्षति नभए पनि १५ वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार भूकम्पले क्षति पुगेका घरका सदस्यलाई सुरक्षित ठाउँमा सारिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले हालसम्म १५ घर बस्न नमिल्ने गरी क्षति पुगेको जानकारी आएको र थप जानकारी लिने कार्य भइरहेको बताए । ‘भूकम्पले मानवीय क्षति भएको छैन । पूर्ण रुपमा क्षति पुगेका घरका परिवारलाई नजिकै, आफन्तको घरमा सुरक्षित रहन भनेका छौं’, उनले भने ।

सीडीओ पाध्याका अनुसार १५० भन्दा बढी घरमा भूकम्पले आंशिक क्षति पुर्‍याएको छ । ‘विवरण संकलन गर्ने काम भइरहेको छ । भोलिसम्म योबारे पूर्ण जानकारी मिल्ला’, उनले भने ।

उनका अनुसार भूकम्प प्रभावित क्षेत्रमा सुरक्षाकर्मी परिचालन भइसकेको र पीडितको सुरक्षाका लागि आइतबारदेखि राहतको व्यवस्था गर्ने योजना छ । बाजुराको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर आज बिहान ५.२ रेक्टरको भूकम्प गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?