
६ पुस, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) जनकपुर बोल्टस्ले जितेको खुसीयालीमा पर्साको सखुवा प्रसौनी गाउँपालिकाले भोलि पालिकामा सार्वजनिक बिदा दिएको छ ।
जनकपुरले एनपीएलमा ऐतिहासिक जित निकालेकाले आज बसेको कार्यपालिका बैठकको निर्णयअनुसार आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको पालिकाले सूचना जारी गरेको छ । आइतबार सबै वडा कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था, सबै स्वास्थ्यचौकीमा अत्यावश्यकबाहेक सबैमा स्थानीय बिदा दिइएको सूचनामार्फत् जानकारी दिएको छ।
टीयू क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुर बोल्टस्ले पहिलो एनपीएल उपाधि जितेको हो । मंसिर १६ गतेदेखि भएको प्रतियोगितामा ८ फ्रेन्चाइज टिम सहभागी थिए ।
प्रतिक्रिया 4