+
+
WC Series
सुदूरपश्चिम रोएल्स
184/9 (20)
VS
जनकपुर ५ विकेटले विजयी ।
Won जनकपुर बोल्ट्स
185/5 (19.2)

राप्रपाले बोलायो केन्द्रीय समिति बैठक

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ६ गते २१:०८

६ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । शुक्रबार र शनिबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी माघ ११ र १२ गते काठमाडौंमा बस्नेगरी केन्द्रीय समितिको बैठक बोलाएको प्रवक्ता मोहन प्रसाद श्रेष्ठले जानकारी दिए ।

त्यस्तै, बैठकले गत १६ मंसिरमा भएको उपनिर्वाचनको समीक्षा पनि गरेको छ । निर्वाचनको परिणाम आफ्नो पक्षमा नआएको भएपनि अधिकांश स्थानमा सुधार भएको राप्रपाको ठहर छ ।

प्रवक्ता श्रेष्ठका अुनसार प्राप्त परिणामबाट कमीकमजोरीमा सुधार गर्ने, पार्टी निर्माणको अवसरको रुपमा सदुपयोग गर्ने र सबै तहका पार्टी संगठनलाई चुस्त दुरुस्त र चलायमान बनाउने निर्णय पनि भएको छ ।

स्थानीय तहमा भएको तहगत कमजोरी र त्यसको परिणाममा परेको असरबारे अध्ययन गर्ने र प्रतिवेदन तयार पार्नेगरी समिति पनि गठन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?