+
+

‘भ्वाइस अफ नेपाल’को टीजरले सिजन ६ बारे के जानकारी दिन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ६ गते २१:२६

काठमाडौं । सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन ६’को टीजर सार्वजनिक भएको छ ।

‘सपनाहरूले उडान लिनेछन् । आवाजहरूले प्रमाण छाड्नेछन् र यो स्टेजले फेरि एउटा इतिहास रच्नेछ । यो मंच एउटा मंचमात्र होइन, भविष्यको धुरन्धर गायकहरूको जन्मस्थान पनि हो’ टीजरको सुरुमा कार्यक्रम प्रस्तोता सुशिल नेपाल भन्छन् ।

त्यसपछि स्टेज र कोच बस्ने कुर्सीको आकर्षक डेकोरेसन दर्शाइएको छ । त्यसपछि तानसेनसहित विभिन्न थलोका प्रतिस्पर्धीको धारणालाई समेटिएको छ । ती दृश्यमा प्रतिस्पर्धीले आफ्नो प्रतिभालाई तिखार्न भ्वाइसको मंच राम्रो प्लाटफर्म बन्ने बताएका छन् ।

त्यसपछि उदय सोताङ, मेलिना राई, राजु लामा र खेम सेन्चुरीलाई कोचको रुपमा चिनाइएको छ । त्यसपछि प्रायोजकलाई प्रस्तुत गरिएको छ । छैटौं सिजनको मुख्य प्रायोजकमा क्लोज अप छ ।

शोको प्रसारण पुस तेस्रो साताको शुक्रबार र शनिबारदेखि हिमालय टिभी र हिमालय टिभी प्रिमियममा बेलुका ८ बजे प्रसारण हुने जनाइएको छ । भ्वाइस अफ नेपालको युट्युब च्यानललमा बेलुका साढे ८ बजेदेखि स्ट्रिमिङ हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?