+

अल्पाईन स्पोर्ट्स फेडेरेसनमा नयाँ कार्यसमिति

२०८१ पुष  ६ गते २१:४२ २०८१ पुष ६ गते २१:४२
अल्पाईन स्पोर्ट्स फेडेरेसनमा नयाँ कार्यसमिति

६ पुस, काठमाडौं । गोबिन्द भट्टराईको नेतृत्वमा अल्पाईन स्पोर्ट्स फेडेरेसनको नयाँ कार्यसमिति निर्वाचित भएको छ । शनिबार काठमाडौंमा भएको साधारण सभाले भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

कार्यसमितिको उपाध्यक्षहरुमा सोमनाथ ज्ञवाली, लालकुमार लामा, सानुबाबु सुनुवार निर्वाचित भए । महासचिवमा प्रतीक बहादुर खत्री, सचिवहरुमा उत्तमबाबु भट्टराई, उत्सव पाठक, कोषाध्यक्षमा कृष्ण अग्रवाल निर्वाचित रहे । सदस्यहरुमा सृजना तामाङ, वचन कार्की निर्वाचित भए ।

निर्वाचन लगत्तै बसेको कार्यसमितिको पहिलो बैठकले सचिवमा सुदर्शन नेपाल, सह कोषाध्यक्षमा मनिषा तामाङ, सदस्यमा सत्य थापालाई मनोनित गरेको छ । साधारण सभाले संघको विधान संशोधन गर्दै वार्षिक नीति, कार्यक्रम पारित गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले उद्घाटन गरेको साधारण सभाका ई स्पोर्ट्स संघका अध्यक्ष अन्जन धमला, नेपाल क्लाईम्बिङ संघका अध्यक्ष रमेश पौडेल र नेपाल स्केटिङ संघका अध्यक्ष अच्युत खनालले शुभकामना मन्तव्य दिएका थिए ।

संघको नेतृत्वमा निर्वाचित भएपछि अध्यक्ष भट्टराईले पहिलो पटक प्रदेश संघलाई सम्पुर्ण अधिकार हस्तान्तरण गर्ने केन्द्रिय संघको रुपमा नयाँ कामको थालनी भएको बताए । उनले प्रदेश संघलाई सक्रिय र बलियो बनाएर लैजाने ढाचामा फेडेरेसनले काम गर्ने बताए । उनले महासंघलाई अल्पाईन, नेचर र एडभेन्चर खेल संघको रुपमा अघि बढाउने प्रतिबद्धता ब्यक्त गरे ।

अल्पाईन स्पोर्ट्स फेडेरेसन

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय