+

मैत्रीपूर्ण हक्कीमा आर्मी विजयी

२०८१ पुष  ६ गते २१:४५ २०८१ पुष ६ गते २१:४५
मैत्रीपूर्ण हक्कीमा आर्मी विजयी

६ पुस, काठमाडौं ।  नेपाल आर्मी र एपीएफ क्लबबीच भएको मैत्रीपूर्ण पुरुष हक्की प्रतियोगितामा शनिबार आर्मी विजयी भएको छ । बंगलामूखीस्थित एपीएफको कार्यदलमा भएको खेलमा आर्मी २–० गोलले विजयी भयो ।

एपीएफले पुरुष टिम बनाएको सन्दर्भमा अभ्यास स्वरुप आर्मीसंग मैत्रीपूर्ण खेल खेलाइएको नेपाल हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी गराइन् । नेपाल प्रहरीसंग पनि मैत्रीपूर्ण खेल खेलाइने छ ।

मैत्रीपूर्ण प्रतियोगिताको प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य सचिव दीपक लामाले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा हक्की संघका अध्यक्ष अनिल शर्माले सदस्य–सचिव लामालाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरेका थिए । सदस्य सचिव लामाले हक्कीको विकास र विस्तारका लागि प्रदेशले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा बंगलामुखी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक समिक कुमार महर्जनको पनि उपस्थिती थियो ।

मैत्रीपूर्ण हक्की हक्की

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय