+
+

सखुवा प्रसौनी गाउँपालिकामा आज सार्वजनिक बिदा

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ७ गते ८:४०

७ पुस, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जनकपुर बोल्टस्ले जितेको खुसीयालीमा पर्साको सखुवा प्रसौनी गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।

जनकपुरले एनपीएलमा ऐतिहासिक जित निकालेकाले शनिबार बसेको कार्यपालिका बैठकको निर्णयअनुसार आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

आइतबार सबै वडा कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था, सबै स्वास्थ्य चौकीमा अत्यावश्यक बाहेक सबैमा स्थानीय बिदा दिइएको पालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुर बोल्टस्ले पहिलो एनपीएल उपाधि जितेको हो । मंसिर १६ गतेदेखि भएको प्रतियोगितामा ८ फ्रेन्चाइज टिम सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?