+

उग्रचण्डी कप बुद्धिचाल श्रीकृष्ण मानन्धरले जिते

२०८१ पुष  ७ गते ११:४५ २०८१ पुष ७ गते ११:४५
उग्रचण्डी कप बुद्धिचाल श्रीकृष्ण मानन्धरले जिते

७ पुस, काठमाडौं । उग्रचण्डी माध्यमिक विद्यालय र काभ्रे जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा एकदिने उग्रचण्डी कप रापिड बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ।

काभ्रे जिल्लाका १८०० रेटिङ्ग मुनिको प्रथम जिल्ला स्तरीय ६ चरण खेलमा सबै प्रतिस्पर्धीलाई पराजित गर्दै श्रीकृष्ण मानन्धर विजेता बनेका छन्। श्रीकृष्णले विजेता बने सँगै ट्रफि, नगद , मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।

बनेपाको नाला स्थित उग्रचण्डी वोर्डिङ्ग स्कुल प्राङ्गणमा सम्पन्न उक्त प्रतिस्पर्धामा छ जना खेलाडीले समान ५ अंक प्राप्त गर्दै क्रमशः श्याम मानन्धर द्वितीय , प्रेम खड्का तृतीय, शन्तलाल श्रेष्ठ चौथो, देवकृष्ण श्रेष्ठ पाँचौ, अञ्जन श्रेष्ठ छैटौं र धर्क सिङ तामाङ सातौं स्थानमा रहदै पुरस्कार हात पार्न सफल भएका छन्।

काभ्रे जिल्लाका ७८ जना खेलाडीको सहभागीता रहेको प्रतियोगितामा विधागत तर्फ उत्कृष्ट युवा १२ आदित्य बमजन प्रथम, सगर्भ न्यौपाने द्वितीय, उत्कृष्ट युवा १४ वर्षमा विनेश श्रेष्ठ प्रथम, सिदेन प्रजापति द्वितीय र उत्कृष्ट युवा १६ वर्षमा आर्यन वादे प्रथम , प्रजिल मानन्धर द्वितीय बन्दै पुरस्कार प्राप्त गरेका छन्।

यसैगरी उत्कृष्ट छात्रा तर्फ कृपा पौडेलले प्रथम स्थान हात पारे भने आरती थापाले द्वितीय स्थानमा रहेर प्रतियोगिता अन्त्य गरेकी छिन्। राइजिङ्ग स्टारका रुपमा आर्यस गिरिले सान्त्वना पुरस्कार जितेका छन्।

उग्रचण्डी कप रापिड बुद्धिचाल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय