+
+

नेपाल टेलिकमले ३० प्रतिशत नगद लाभांश दिने

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ७ गते १३:१५

७ पुस, काठमाडौं । नेपाल टेलिकमले लगानीकर्तालाई ३० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

टेलिकमले आव २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई प्रतिसेयर ३० रुपैयाँ नगद लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीले २८ पुसका दिन साधारणसभा समेत आह्वान गरेको छ । कम्पनीले लाभाशं प्राप्त गर्न १७ पुससम्मको समयावधि तोकेको छ ।

१८ पुसदेखि २८ पुससम्म बुक क्लोज हुने समेत कम्पनीले जनाएको छ । नेपाल टेलिकमको लाभांश गत आर्थिक वर्षको तुलनामा भने घटेको छ ।

गत वर्ष टेलिकमले प्रतिसेयर ४० रुपैयाँ नगद लाभांश दिएको थियो । आइतबार १ बजेसम्म नेपाल टेलिकमको मूल्य प्रतिसेयर ९४९ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?