+

नर्भिक अस्पतालमा अत्याधुनिक प्रविधिबाट पेटका सुन्निएका रक्तनलीको उपचार

२०८१ पुष  ७ गते १३:२३ २०८१ पुष ७ गते १३:२३
नर्भिक अस्पतालमा अत्याधुनिक प्रविधिबाट पेटका सुन्निएका रक्तनलीको उपचार

काठमाडौं । नर्भिक इन्टरनेसनल अस्पतालमा नेपालमै पहिलोपटक पेटका सुन्निएका रक्तनलीको अत्याधुनिक प्रविधिबाट उपचार गरिएको छ । इन्डोस्कोपिक अल्ट्रासाउन्ड (ईयूएस) गाइडेड ‘क्वाइल एम्बोलाइजेसन’ प्रविधिबाट कलेजोका बिरामीमा देखा पर्ने पेटको सुन्निएको रक्तनली–ग्यास्ट्रिक फन्डल भ्यारेसको उपचार गरिएको हो ।

अस्पतालका कन्सल्टेन्ट ग्यास्ट्रोइन्टेरोलिस्ट तथा हेपाटोलोजिस्ट डा. शेखर पौडेलको नेतृत्व तथा कन्सल्टेन्ट ग्यास्ट्रोइन्टेरोलिस्ट डा सन्दीपराज कुँवरको सहयोगमा ईयूएस गाडडेड क्वाइल एम्बोलाइजेसन प्रक्रिया सम्पन्न भएको हो ।

ग्यास्ट्रिक फन्डल भ्यारेस पेटको सुन्निएका रक्तनली हुन्, जुन प्रायः कलेजोको रोगका बिरामीमा देखा पर्छ । यो अवस्था कलेजो रोग भएका बिरामीका लागि मृत्यु र गम्भीर स्वास्थ्य समस्याको प्रमुख कारणमध्ये एक मानिन्छ । समयमै उपचार नगरिएमा यी रक्तनलीहरू फाटेर जीवन जोखिममा पर्न सक्छ । नेपालमा कलेजोको समस्या दिनानुदिन बढिरहेको अवस्थामा यस्तो प्रविधिको आवश्यकता झनै महत्त्वपूर्ण बनेको चिकित्सककको भनाइ छ ।

यो अत्याधुनिक प्रक्रियामा, क्यामेरा र अल्ट्रासाउन्ड प्रविधिजडित पातलो ट्युबमार्फत सुन्निएका रक्तनलीमा साना धातुका क्वाइल राखिन्छ । यी क्वाइलहरूले रक्तप्रवाह बन्द गरी भ्यारेसहरू फुट्नबाट बचाउँछन् ।

‘क्वाइल एम्बोलाइजेशन’ को नेतृत्व गरेका डा. पौडेलले यो उपलब्धिले नेपालमा अत्याधुनिक उपचारको ढोका खोल्ने र धेरै जीवन बचाउन सहयोग गर्ने विश्वास व्यक्त गरे । डा. कुँवरले यो सफलता नेपालको चिकित्सा क्षेत्रमा ठूलो उपलब्धि भएको बताए ।

नर्भिक अस्पताल रक्तनली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

अकुपञ्चरलाई वैकल्पिक हैन, पूरक चिकित्साका रुपमा लिऔं

अकुपञ्चरलाई वैकल्पिक हैन, पूरक चिकित्साका रुपमा लिऔं

दिनमा दुई घण्टा बढी फोन, ल्यापटप चलाउनुहुन्छ ? यसो गर्नुस्

दिनमा दुई घण्टा बढी फोन, ल्यापटप चलाउनुहुन्छ ? यसो गर्नुस्

निजी अस्पतालले नर्सलाई सरकारी सरह पारिश्रमिक देलान् ?

निजी अस्पतालले नर्सलाई सरकारी सरह पारिश्रमिक देलान् ?

मिर्गौलाको समस्या भएकालाई कस्तो डाइट चार्ट ?

मिर्गौलाको समस्या भएकालाई कस्तो डाइट चार्ट ?

यौन सम्बन्ध राख्ने बित्तिकै सुतेमा गर्भधारण छिटो हुन्छ ?

यौन सम्बन्ध राख्ने बित्तिकै सुतेमा गर्भधारण छिटो हुन्छ ?

सिंहदरबार वैद्यखानामा स्वास्थ्यमन्त्री : ‘तलब खुवाउन मन्त्रालयको मुख नताक्नुहोस्’

सिंहदरबार वैद्यखानामा स्वास्थ्यमन्त्री : ‘तलब खुवाउन मन्त्रालयको मुख नताक्नुहोस्’