+
+

शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोपमा भरतपुर क्यान्सर अस्पतालका एक कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा कार्यरत एक जना कर्मचारीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ७ गते १४:१८

७ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा कार्यरत एक जना कर्मचारीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

बढुवाका लागि नक्कली प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको आरोपमा अस्पतालको जुनियर असिस्टेन्ट मनसुन नेपालविरुद्ध मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

घिमिरेका अनुसार नेपालले विद्यालय तहको नक्कली शैक्षिक प्रमाण-पत्र पेस गरी बढुवा भएको भन्ने उजुरीका आधारमा छानबिन गरिएको थियो ।

छानबिनका क्रममा नेपालले क्यान्सर अस्पतालमा जुनियर असिस्टेन्ट पदमा बढुवा हुनका लागि एसएलसीको लब्धाङ्‍कपत्र र परोपकार आदर्श माध्यमिक विद्यालय काठमाडौंको नामको चारित्रिक प्रमाणपत्र नक्कली पेस गरेको पाइएको घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?