+
+

ग्रिन भेन्चर्सले १० प्रतिशत बोनस सेयर दिने

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ७ गते १४:२६

५ पुस, काठमाडौं। ५२.४ मेगावाट क्षमताको लिखु–४ जलविद्युत् आयोजना सञ्चालक कम्पनी ग्रिन भेन्चर्स लिमिटेडले १० प्रतिशत बोनस सेयर घोषणा गरेको छ ।

कम्पनी सञ्चालक समितिको ५ पुसमा बसेको १४औं बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो । बोनस सेयर बापत कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश पनि वितरण गरिने निर्णय भएको छ ।

त्यसैगरी कम्पनीको छैटौं वार्षिक साधारणसभा २८ पुसमा बस्ने र १४ पुस एकदिन सेयरधनी दर्ता किताब बन्द रहने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?