+
+

काठमाडौंको रामकोटमा बद्रीनारायण धाम सञ्चालनमा

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ७ गते १४:३९

७ पुस, काठमाडौं। नार्गाजुन–७ रामकोटमा निर्मित बद्रीनारायण धाममा मूर्तिको प्राणप्रतिष्ठा गरेर नित्य पुजा गर्न तीन हजार एक सदस्य प्राण प्रतिष्ठा मूल समारोह समिति गठन गरिएको छ।

यस कार्यको आयोजना वाचनशिरोमणि पण्डित नारायणप्रसाद पोखरेलको स्मृतिमा स्थापित नारायण पोखरेल प्रतिष्ठानले गरेको हो। कार्यक्रमको प्रमुख संरक्षकमा वाचर्निशरोमणि प्रवीण पण्डित दीनबन्धु पोखरेल रहेका छन्।

‘नेपालको शान बद्रिनारायण धाम’ भन्ने मूल नाराका साथ यो कार्यक्रम बैशाख १९ गते देखि २७ गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रममा राष्ट्रपति, धर्मगुरुहरु र नेपाल सरकारका अधिकारीहरु र सर्वसाधारण भक्तजनको उपस्थिति रहनेछ।

यो कार्यक्रममाले धार्मिक पर्यटन प्रवद्धन गर्नुका साथै देशमा सास्कृतिक एकता र धार्मिक परम्पराको संरक्षणमा योगदान पुर्‍याउने प्रमुख संरक्षक वाचन शिरोमणि प्रवीण पण्डित दीनबन्धु पोखरेल बताउँछन्।

पोखरेलले भने, ‘स्थानीयवासी तथा देशभरिका जिल्लाहरुबाट सहयोग र सहभागिता हुने अपेक्षा छ र यसले बद्रीनारायण धामलाई देशकै प्रतिष्ठित धार्मिक संस्थाको रुपमा चिनाउने अपेक्षा रहेको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?