+
+

सिद्धार्थ बैंकले कति दिँदैछ लाभांश ?

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ७ गते १४:५७

७ पुस, काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले ४ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

बैंक सञ्चालक समितिको ५ पुसमा बसेको ४४०औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीलाई चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १ सय ८५ को ४ प्रतिशतका दरले हुन आउने ५६ करोड ३५ लाख ९९ हजार २ सय ८ रुपैयाँ बराबर नगद लाभांश कर प्रयोजन सहित घोषणा गरेको हो ।

त्यसैगरी सञ्चालक समितिले १ सय रुपैयाँ अंकित ३ अर्ब ५० करोड बराबरको ‘एसबीएल ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सयेर’ जारी गर्ने निर्णय पनि गरेको छ ।

बैंकका अनुसार अग्राधिकार सेयर जारी भएपछि बैंकको चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १ सय ८५ बाट १७ अर्ब ५८ करोड ९९ लाख ८० हजार १ सय ८५ पुग्ने छ ।

बैंकको २३औं वार्षिक साधारणसभा २८ पुसमा तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?