+
+

कोशी प्रदेश सरकार र वायुसेवा निगम मिलेर नयाँ जहाज किन्नेबारे छलफल

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ७ गते १५:०३

७ पुस, काठमाडौं । कोशी प्रदेश सरकार र नेपाल वायुसेवा निगम मिलेर नयाँ जहाज किन्नेबारे छलफल भएको छ ।

कोशी प्रदेश सरकार र निगिम उच्च नेतृत्वबीच जहाज किन्न विषयमा छलफल भएको हो । प्रादेशिक हवाई उडान सञ्चालनका सन्दर्भमा निगम कार्यकारी अध्यक्ष सहित टोलीले कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग छलफल गरेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

उनका अनुसार कोशी प्रदेशको पर्यटन विकास तथा प्रादेशिक हवाई यातायातलाई सुलभ बनाउन निगमसँगको सहकार्यमा प्रादेशिक हवाई उडान सम्बन्धी कार्य अघि बढाउनेबारे छलफल भएको थियो ।

कोशी प्रदेश सरकार र निगमले नयाँ जहाज खरिद, सञ्चालन तथा व्यवस्थापनका सन्दर्भमा उपयुक्त मोडालिटी तय गर्नेबारे समेत छलफल भएको निगमले जनाएको छ ।

छलफलमा कोशी प्रदेशका मुख्यमन्त्री समक्ष निगम टोलीले प्रादेशिक हवाई उडान व्यवस्थित गरी कोशी प्रदेशको हवाई उडान र पर्यटन विकास अवधारणा प्रस्तुत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?