+
+
Shares
कला :

एड शिरनसँग जोडेर हेरिने रहस्यमयी ‘द ह्याट, जो कलामार्फत सेवा गर्छन्

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ३ गते १३:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कलाकारले आफूलाई ‘द ह्याट’ भनेर चिनाउने गरेका छन् र कोरोना महामारीको समयमा सफोक क्षेत्रमा गोप्य रूपमा कलाकृति राख्दै च्यारिटीमा सहयोग गरिरहेका छन्।
  • ‘द ह्याट’ले आफूलाई ६० वर्ष पार गरेको पूर्वसिकर्मी भनी परिचय दिएका छन् र आफ्नो कलाबाट लाखौं रुपैयाँ सहयोग गरेको बताइएको छ।
  • फ्रेमलिङघम पुस्तकालयमा ‘द ह्याट’का ४० वटा अमूर्त शैलीका कलाकृति प्रदर्शनीमा राखिएका छन् र पुस्तकालयले विक्री रकमको ३५ प्रतिशत संस्थाको सुधारमा लगाउने जनाएको छ।

कलालाई मानवसेवाको माध्यम बनाउने एक जना रहस्यमयी कलाकार छन् । उनी को हुन्, अज्ञात नै छ । तर आजसम्म आफ्नो कलामार्फत उनले लाखौं रुपैयाँ सहयोग गरिसकेको बताइन्छ ।

उनले आफूलाई ‘द ह्याट’ भनेर चिनाउने गर्छन् । केही वर्षअघि चर्चित गायक एड शिरन नै ‘द ह्याट’ हुन सक्ने अड्कलबाजी भएको थियो । त्यसरी अड्कलबाजी गर्नुको पहिलो आधार ‘द ह्याट’को अधिकांश कलाकृति बेलायतको सफोक (विशेष गरी वुडब्रिज र फ्रेमलिङघम) आसपास भेटिएका थिए । संयोगवश एड शिरनको बसोबार पनि त्यहीँ छ ।

अर्को आधार कला शैलीमा देखिएको समानता हो । धेरैलाई थाहा नहुन सक्छ, तर पर्फेक्ट, शेप अफ यू, फोटोग्राफ जस्ता विश्व प्रसिद्ध गीतका गायक एड शिरन पनि कला सिर्जना गर्छन् । समय-समयमा सामाजिक सञ्जालमा आफ्ना सिर्जनाहरू पोस्ट गर्दै आइरहेका शिरनको शैली ‘द ह्याट’सँग धेरै मिल्न जान्छ ।

तेस्रो आधार दुवैले गोप्य तरिकाले काम गर्नु हो । ‘द ह्याट’ त गोप्य हुने नै भए । यता एड शिरन पनि कहिलेकाहीँ गोप्य रूपमा आफ्ना परियोजनाहरू सम्पन्न गर्ने गर्छन् । सार्वजनिक भएपछि मात्र एकैचोटी उनीहरूको काम थाहा हुन्छ ।

यी र यस्तै आधारमा धेरैले द ह्याट र एड शिरनलाई जोडेर हेरेका हुन् । तर, न त उनीहरूले यसबारे पुष्टि गरे, न त कलाकारले आफ्नो रहस्य नै खोले । कुरा रोचक हुँदाहुँदै गोप्य कलाकारको कथा अझै खुल्न बाँकी छ ।

‘द ह्याट’को उदय

सार्वजनिक रूपमा ‘द ह्याट’ देखिएको कोरोना महामारीको समयमा हो । त्यहीँ समयताका उनले आफ्ना चित्र, मूर्तिकला र अन्य कलाकृतिहरू सफोक क्षेत्रमा गोप्य तरिकाले राख्दै आइरहेका छन् ।

विशेषगरी उनले विभिन्न ‍रेस्टुरेन्ट तथा पबहरूमा ‘यस कलालाई लिलामी गरी च्यारिटीलाई सहयोग गर्नुहोस्’ भन्ने सन्देश सहित कला राख्ने गर्दथे । अहिलेसम्म उनले आफ्नो कलामार्फत कति रकम सङ्कलन/सहयोग गरे, ठ्याक्कै तथ्याङ्क उपलब्ध छैन । यसको मुख्य कारण उनको गोप्य पहिचान र स्वतन्त्र ढंगले काम गर्ने शैली हो । यद्यपि कोरोनाको समयमा नै उनका थुप्रै कलाकृति सयौं डलरमा विक्री भएका थिए ।

त्यसबाहेक ‘हु इज द ह्याट’ नामक वेबसाइटमा पनि उनका कृतिहरू बिक्रीमा राखिएका छन् । जसमार्फत पनि कलाकृतिहरू विक्री भएको/भइरहेको अनुमान गर्न सकिन्छ । त्यसआधारमा उनले लाखौं रुपैयाँ सहयोग गरिसकेको अड्कल काट्न सकिन्छ ।

को हुन् त ‘द ह्याट’ ?

कलाकारले आफ्नो काम र आफूबारे जानकारी दिन वेबसाइट बनाएका छन् । जहाँ उनले आफू ६० वर्ष पार गरेको पूर्वसिकर्मी (काठको काम गर्ने) भनेर परिचय दिएका छन्।

‘अहिलेसम्म सिकर्मीको काम गर्दै आएको थिएँ । तर हालै मात्र मैले आफूभित्र पूर्णरूपमा नयाँ कला प्रतिभा भेट्टाएको छु’ उनले वेबसाइटमा लेखेका छन् । त्यसपछि कोरोना महामारीबाट प्रभावित भएकालाई सहयोग गर्ने उद्देश्य अनुरूप केही कलाकृति च्यारिटीहरूलाई दान दिएको पनि उनले वेबसाइटमा उल्लेख गरेका छन् ।

‘उद्देश्य यत्ति हो कि यस्तो सहयोग दिउँ, जसले साँच्चै मानिसहरूको जीवनमा फरक पार्न सकोस्’ उनको वेबसाइटमा लेखिएको छ ।

तर ‘द ह्याट’को सिर्जनाले स्थानीय क्षेत्रमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि ध्यान खिच्न थालेको छ । प्राय: उनका कामहरू अमूर्त शैलीका छन् । चर्चित अमेरिकन चित्रकार
ज्याक्सन पोलकशैलीका छन् ।

हालै मात्र पनि फ्रेमलिङघम पुस्तकालयमा उनका ४० वटा कलाकृति प्रदर्शनीमा राखिएका छन् । पुस्तकालयले यी कलाकृतिहरू विक्री गरी ३५ प्रतिशत रकम संस्थाको सुधारमा लगाउने जनाएको छ ।

तर, त्यस पुस्तकालयका प्रबन्धक, कला सङ्कलक सबैले एउटै कुरा भनेका छन्- ‘हामीले अहिलेसम्म ‘द ह्याट’लाई प्रत्यक्ष देखेका छैनौं । सामाजिक सञ्जाल र इमेलमार्फतमात्र उनीसँग कुरा हुन्छ’

त्यसो भए को हुन् त ‘द ह्याट’?

सप्ताहान्त
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?