+
+
Shares

धनगढीबाट काठमाडौं उडेको श्री एयरलाइन्सको जहाज भैरहवामा आकस्मिक अवतरण

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १५ गते १३:१५

१५ कात्तिक, बुटवल । धनगढीबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या आएपछि भैरहवा विमानस्थलमा आकस्मिक अवतरण भएको छ ।

धनगढीबाट १० बजे उडेको फलाइट नम्बर २२२ को जहाज काठमाडौं नपुग्दै बीच बाटोमै हाइड्रोलिक फेलियर भएपछि सुरक्षित अवतरणका लागि गौतमबुद्ध विमानस्थलमा अवतरण गराइएको हो ।

हाइड्रोलिक फेल भएका कारण जहाज धावनमार्गबाट गुड्न नसकेपछि करिब ४० मिनेट विमानस्थलका अन्य उडान अवरुद्ध हुन पुगेकाे विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले बताए ।

आकस्मिक अवतरण भएपछि चालक दलका सदस्य र ८२ यात्रु सकुशल छन् । उनीहरु विमानस्थलमै छन् । उनीहरुलाई लिन काठमाडौंबाट अर्को जहाज आउँदैछ ।

अवतरण क्रममा जहाजको अगाडिको  ल्यान्डिङ गियरमा समस्या आएपछि धानवमार्गमा रोकिएको थियो । साढे १२ बजे मात्रै ल्यान्डिङ गियरकाे समस्या सल्टेपछि जहाज गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनलकाे पार्किङ स्थलमा राखिएको छ ।

अहिले विमानस्थल सञ्चालनमा आइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?