+
+
Shares

माओवादी-समाजवादी एकताको सैद्धान्तिक पक्ष टुंगियो, संगठनात्मक विषय बाँकी

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १५ गते १६:१५

१५ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रसहितका दलहरूबीचसँग एकताको सैद्धान्तिक र नीतिगत विषय टुंगिएको छ । यही ब्रिफिङ पुष्पकमल दाहाल प्रचण्डले पार्टीको सचिवालय बैठकमा गरेका छन् ।

माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको सचिवालय बैठक जारी छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा जारी बैठकमा प्रचण्डले संगठनात्मक विषय नेतृत्व तहमा करिब–करिब टुंगिएको बताएका छन ।

तथापि, कसरी दुवै संगठनालाई एकताबद्ध गराएर जाने भन्ने विषयमा छलफल चलिरहेको भनेर उनले सचिवालयको राय अनुसार अगाडि बढिने बताएका हुन् ।

छलफलमा प्रचण्ड सहितका नेताहरू नारायाणकाजी श्रेष्ठ, वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुसाल, हरिबोल गजुरेल, अग्निप्रसाद सापकोटा, मात्रिका यादव लगायत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?