+
+
Shares

कांग्रेस केन्द्रीय सदस्य गुरूङ भन्छिन्- पार्टी एक भएको सन्देश दिनुपर्नेछ

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २५ गते १६:५७

२५ कात्तिक, काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय  सदस्य सीता गुरुङले पार्टी एक भएको सन्देश दिनुपर्ने बताएकी छिन् ।

सानेपामा जारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा मंगलबार धारणा राख्दै उनले यस्तो बताएकी हुन् ।

‘दुईवटा महाधिवेशनको तालिका आयो । बाहिर पनि यही परिरहेको छ । हामीले एकताको सन्देश पनि दिनुपर्ने छ,’ केन्द्रीय सदस्य गुरूङको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘दुईवटै प्रस्तावलाई एकीकृत हुनेगरी जानका लागि एक दुई दिनको समय दिउँ । जे गर्ने हो संयुक्त निर्णय गरेर नै गरौं ।’

उनले क्रियाशील सदस्यताबारेको विवाद पनि टुङ्ग्याउनपर्ने बताइन् । ‘क्रियाशील सदस्यताबारे टुंग्याउनुपर्ने हुन्छ । छानबिन गर्ने संयन्त्र बनाउने वा के गर्ने भन्ने छोटो समय बनाएर अघि बढौं,’ उनले भनिन् ।

त्यसपछि पार्टीको महाधिवेशन सुनिश्चित गर्नुपर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?