+
+
Shares

महेश त्रिपाठीको हातमा ७ फिल्म, साइन गरे ‘झिंगेदाउ २’

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २६ गते १४:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता महेश त्रिपाठीले चर्चित फिल्म 'झिंगेदाउ' को दोस्रो श्रृंखलामा लिड रोल साइन गरेका छन्।
  • महेशले हालसम्म ७ फिल्म गर्न बाँकी रहेको र अन्य ६ फिल्ममा मौखिक सहमति भएको बताए।
  • 'झिंगेदाउ' को छायांकन १५ मंसिरदेखि सुरु गर्ने तयारी भइरहेको निर्देशक ज्ञानेन्द्र देउजाले बताए।

काठमाडौं । अभिनेता महेश त्रिपाठी यतिबेला सबैभन्दा डिमान्डेड कलाकार बनेका छन् । ‘रेशम फिलिली २’ र ‘लाज शरणम’ मा दमदार अभिनय गरेका उनलाई अहिले दैनिक २/३ फिल्मको अफर छ ।

हलमा चलिरहेको हिट फिल्म ‘परान’ ले उनको माग अझै चुलिएको देखिन्छ । बुधबार महेशले ज्ञानेन्द्र देउजाको चर्चित फिल्म ‘झिंगेदाउ’ को दोस्रो श्रृंखला साइन गरे ।

फिल्मको लिड रोलमा आफूले साइन गरेको महेशले बताए । निर्देशक देउजाले पनि महेशको पछिल्लो अभिनयकर्म हेरेर उनलाई साइन गराइएको बताए ।

हालै मात्र ‘ककाकिकी’ र रेखा थापासँगको ‘३६ को आँकडा’ को काम सकेका महेशको हातमा ‘झिंगे दाउ’सहित अब ७ फिल्म छन् ।

‘मैले गर्न बाँकी फिल्मको संख्या ७ पुग्यो । अन्य ६ फिल्ममा मौखिक सहमति भएर बसेको छु । समय व्यवस्थापन हुने वित्तिकै सुटिङमा जाने हो’ उनले भने ।

‘झिंगेदाउ’को छायांकन भने १५ मंसिरदेखि सुरु गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?