+

मछिन्द्रसँग विशाल श्रेष्ठले गरे सम्झौता नवीकरण

२०७८ भदौ  ५ गते २०:३२ २०७८ भदौ ५ गते २०:३२
मछिन्द्रसँग विशाल श्रेष्ठले गरे सम्झौता नवीकरण

५ भदौ, काठमाडौं । गोलकिपर विशाल श्रेष्ठले ए डिभिजन च्याम्पियन क्लब मछिन्द्र फुटबल क्लबसँग सम्झौता नवीकरण गरेका छन् ।

नयाँ सिजनको ए डिभिजन लिग आगामी कात्तिक २९ गते शुरु हुँदैछ । पछिल्लो पटक २०७६ मा भएको लिगको उपाधि मछिन्द्रले जितेको थियो । त्यसबेला विशालले पनि महत्वपूर्ण प्रदर्शन गरेका थिए ।

मछिन्द्रले नयाँ सिजनका लागि फरवार्ड अभिषेक रिजाल र रेजिन सुब्बा, मिडफिल्डर सुजल श्रेष्ठसँग सम्झौता नवीकरण गरिसकेको छ । यस्तै मनिष डाँगी र सुनील बललाई पनि क्लब भित्र्याएको छ ।

फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय