+
+

तेल ट्यांकर चोरी गरेको आरोपमा दुईजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १६ गते १७:३०

१६ भदौ, मोरङ। प्रहरीले ट्यांकर चोरी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-४ का २६ वर्षीय श्रवणकुमार यादव र सोही महानगरका २६ वर्षीय विक्की राय रहेका छन् ।

उनीहरुले नेपाल आयल निगमको उत्तरतर्फ रहेको पार्किङ स्थलबाट २० हजार लिटर डिजेल सहितको ना ४ ख ४६९ नम्बरको ट्यांकर चोरी गरेको प्रहरीको दाबी छ ।

पक्राउ परेका उनीहरुलाई मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा ५ (पाँच) दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?