
काठमाडौं । इन्टरनेट सर्भिस प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आइस्पान)ले नेपाल विद्युत प्राधिकरणका कारण इन्टरनेट सेवा अवरुद्ध हुन सक्नेतर्फ आफ्ना ग्राहकहरुलाई सचेत गराएको छ ।
आइस्पानका अध्यक्ष सुधिर पराजुलीले बुधबार विज्ञप्ति जारी गर्दै भरतपुर क्षेत्रमा इन्टरनेट सेवा अवरुद्ध भएमा सोको सम्पूर्ण जिम्मेवारी नेपाल विद्युत प्राधिकरणले लिनु पर्ने बताएका हुन् ।
प्राधिकरणलाई भाडा तिर्न आफूहरु तत्पर रहेको भन्दै उनले ग्राहकलाई वृद्धि भएको भाडादरको भार नपार्नका छलफललाई जारी राखेको समेत बताए ।
देशका विभिन्न ठाउँमा र विशेष गरी भरतपुरमा नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीका कारण इन्टरनेट सेवा प्रवाहमा असहज अवस्था सिर्जना भएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4