
१८ भदौ, भक्तपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चुनावमा कांग्रेसको उपस्थिति बलियो रहने बताएका छन् ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–५, कटुञ्जेमा वडा अधिवेशन गर्दै कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवाले भक्तपुरमा पार्टी बलियो अवस्थामा रहेको बताए ।
उनले एमाले नेता महेश बस्नेतले भक्तपुरमा आफूसँग चुनाव लड्न आउन दिएको चुनौतीको जवाफ समेत दिएका छन् ।
देउवाले आफूसँग नभई जिल्ला सभापति दुलर्भ थापालाई निर्वाचनमा हराएर देखाउन बस्नेतलाई चुनौती दिएका छन् । उनले भने, ‘यहाँ महेश बस्नेतजीले मलाई चुनाव जित्छु भन्छन् । पहिले दुलर्भ थापालाई हराएर देखाउनुस् ।’
देउवाले पार्टीको १४ औँ महाधिवेशनलाई एकताबद्ध भएर सम्पन्न गर्न आह्वान गरे । कांग्रेसको वैधानिकता जोगाउनका लागि कोरोना भाइरस सङ्क्रमण जोखिमका बीच महाधिवेशन गर्नुपरेको उल्लेख गर्दै उनले महाधिवेशनलाई सफल बनाउन स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न आग्रह गरेका छन् ।
प्रतिक्रिया 4