
२७ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुखलाई माइक हान्ने आफूहरुको कुनै योजना नभएको बताएका छन् ।
बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पेश गर्ने क्रममा शुक्रबार एमाले सांसद रेखाकुमारीले गृहमन्त्रीको माइक खोसेकी थिइन् । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सभामुखको टाउकोमा माइक हान्ने योजना रहेको प्रतिक्रिया दिएकी थिइन् ।
तर संसदीय दलको आइतबार बसेको बैठकमा एमाले संसदीय दलका नेता एवं अध्यक्ष ओलीले त्यसको खण्डन गरे । ‘माइक हान्ने योजना थिएन, नभएको कुरा बोल्नु हुँदैन’, उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4