९ असोज, काठमाडौं । फोटो पत्रकारहरुको छाता संगठन फोटो पत्रकार क्लब, नेपाल (पिजे क्लब) को अध्यक्षमा श्रुति श्रेष्ठ चयन भएकी छिन् । शनिबार काठमाडौंमा सम्पन्न क्लबको ११ औं साधारणसभाले श्रेष्ठकोे अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
क्लबको कार्यसमितिमा उपाध्यक्षमा दिपेश श्रेष्ठ, महासचिवमा प्रकाशचन्द्र तिमिल्सेना, कोषाध्यक्षमा द्घारिका प्रसाद काफ्ले र सचिबमा अमूल थापा चयन भएका छन् ।
साधारणसभाले फोटो पत्रकार विकास द्वारेलाई प्रवक्ता चयन गरेको छ भने कार्यसमिति सदस्यहरुमा अंगद ढकाल, निशा भण्डारी, बर्षा शाह, स्कन्द गौतम, दिपेन श्रेष्ठ र लक्ष्मीप्रसाद ङाखुशी चयन भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4