
१४ असोज, काठमाडौं । कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै स्थानीय प्रशासनले उपत्यकामा भीडभाड, सभाजुलुस, जात्रा, महोत्सव र भोजमा प्रतिवन्ध लगाएको छ ।
तर प्रमुख विपक्षी दल नेकपा एमालेले शुक्रबारदेखि ललितपुरको गोदावरीमा विधान महाधिवेशन गर्दैछ, जहाँ ५७ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन् ।
स्थानीय प्रशासनको आदेशले एमालेको महाधिवेशन प्रभावित हुन्छ ? ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय भन्छन्, ‘एमालेको असोज १५–१७ गतेसम्म सञ्चालन हुने विधान महाधिवेशनबारे स्थानीय प्रशासनलाई जानकारी गराएको छ । शान्तिसुरक्षाको व्यवस्था, जनस्वास्थ्यको मापदण्ड पालना गर्ने लगायतका विषयमा बुधबार छलफल पनि भएको छ ।’
छलफलको क्रममा न्यूनतम उपस्थितिमा जनस्वास्थ्यका मापदण्ड पालना गरेर कार्यक्रम सञ्चालन गर्न भनेको प्रजिअ उपाध्याय बताउँछन् ।
विधान महाधिवेशनमा सहभागी हुने संख्याबारे छलफलमा कुरा नभएको भन्दै यसबारे प्रशासनलाई जानकारी पनि नभएको उनले बताए । प्रजिअ उपाध्यायले अगाडि भने, ‘सकेसम्म यस्ता गोष्ठी तथा बैठकलाई भर्चुअल माध्यमबाट गर्नुस् भन्ने छ । भौतिक रुपमा गर्नै पर्ने भए न्यूनतम सहभागितामा जनस्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्नुपर्ने छ ।’
भीडभाड हुने सभा, सम्मेलन, गोष्ठी, बैठक लगायतका कार्यक्रम भर्चुअल माध्यमबाट गर्नलाई प्रमोट गर्ने रणनीति अनुसार नै प्रशासनले यस्तो आदेश दिएको उनले बताए ।
हेर्नुहोस् प्रशासनको आदेश :
प्रतिक्रिया 4