
१४ असोज, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसूर मुद्धाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-६ का ६७ वर्षीय नारायणभक्त संगत रहेका छन् ।
उच्च अदालत पाटनले २०७७ साल माघ २७ गते बैंकिङ कसूर मुद्धामा उनीमाथि पाँच दिन कैद र १० लाख जरिवानाको फैसला सुनाएको थियो ।
नारायणभक्तलाई काठमाडौंको सिफलबाट पक्राउ गरेको ब्युरोले जनाएको छ ।
नारायणभक्तले २०७७ सालमा आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्यानमा पारी सिटिजन्स बैंकमा रहेको खाताबाट भुक्तान हुने गरी पीडितलाई १० लाख रुपैयाँ बराबरको चेक काटेर दिएका थिए ।
उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा बिहीबार पेश गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) श्याम कुमार महतोले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4