+
+

नागढुंगाबाट लागूऔषध २८३ ट्याबलेट नाइट्राभेटसहित एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १४ गते १७:२९

१४ असोज, काठमाडौं । प्रहरीले काठमाडौं चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट लागूऔषध २८३ ट्याबलेट नाइट्राभेटसहित एकजनालाई पक्राउ गरेको छ । ्

पक्राउ पर्नेमा ईश्वरपुर नगरपालिका-१३ बस्ने १९ वर्षीय अतित तामाङ रहेका छन् ।

बिराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको ना.७ ख ८००१ नम्बरको बसलाई नागढुंगास्थित चेक प्वाईन्टमा खटिएको प्रहरीले जाँच गर्नेक्रममा बसमा सवार अतितलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?