+
+

भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १९ गते १६:१४

१९ असोज, काठमाडौं । यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार जापान, जर्मनी र इटलीका तीन वैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गरिएको छ ।

मंगलबार रोयल स्वीडिस एकेडेमी साइन्सका महासचिव गोरान हन्सनले जापानका स्युकुरो मानाबे र जर्मनीका क्लाउस हासेलमनलाई आधा र बाँकी आधा इटलीका गियोर्जियो परिसीलाई आधा गरी भौतिकशास्त्रको नोबेल पुरस्कार दिने निर्णय भएको घोषणा गरेका हुन् ।

मानाबे र क्लाउसलाई उनीहरुको पृथ्वीको जलवायु भौतिक मोडलिङबारे गरेको अध्ययन र पारिसीलाई आणविकदेखि आकाशीय पिण्डसम्मको भौतिक प्रणालीको गडबढीबारे गरेको अध्ययनका लागि नोबेल पुरस्कार दिने घोषणा गरिएको हो ।

एउटै क्षेत्रमा काम गरेका वैज्ञानिकलाई संयुक्तरुपमा नोबेल पुरस्कार दिने प्रचलन छ । गत वर्ष पनि कालोक्षिद्रबारे अध्ययन गरेका तीन वैज्ञानिकलाई भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?