
२१ असोज, काठमाडौं । बडा दशैं शुरु भएसँगै शक्तिपीठहरुमा श्रद्धालुको घुइँचो लागेको छ । आज घटस्थापनाको दिन दुर्गादेवीका मन्दिरहरुमा पूजा गर्नेहरुको भीडभाड छ ।
काठमाडौं उपत्यकाका शक्तिपीठ भनेर चिनिने भद्रकाली, नक्साल भगवती, मैतीदेवी लगायत मन्दिरहरुमा पूजा गर्नेहरुको लामो लाइन छ ।
मन्दिरमा पूजा गर्न आएकाहरुले मास्क लगाए पनि भौतिक दूरी कायम गरेको भने देखिएको छैन । मन्दिरहरुमा देखिएको भीडभाडले कोरोना संक्रमण फैलिनसक्ने जोखिम बढाएको छ ।
घटस्थापनाको दिनदेखि दशैंको नवरात्र शुरु हुन्छ । नवरात्रभर दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गरिन्छ । नवरात्रको पहिलो दिन शैलपुत्रीको पूजा गर्ने परम्परा छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4