+

शंखमुल नेशनल लिग फुटसलको फाइनलमा

२०७८ असोज  २१ गते १६:१८ २०७८ असोज २१ गते १६:१८
शंखमुल नेशनल लिग फुटसलको फाइनलमा

२१ असोज, काठमाडौं । शंखमुल फुटसल नेशनल लिग फुटसलको फाइनलमा पुगेको छ ।

बिहीबार भएको दोस्रो क्वालिफायरमा राइजिङ क्लब धरानलाई ४–३ गोल अन्तरले हराउँदै शंखमुलले स्पोटर्स क्यासलसँग उपाधि भिडन्त पक्का गरेको हो ।

निर्धारित समयको खेल ३–३ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको हो, जसमा शंखमुलले बाजी मार्‍यो ।

स्पोटर््स क्यासल, राइजिङ क्लबलाई नै हराएर फाइनलमा पुगेको थियो । शंखमुलले भने इलिमिनेटरमा सबिन मेमोरियललाई हराइको थियो ।

शंखमुल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय