२२ असोज, गुल्मी । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले नेपालको कम्युनिष्ट आन्दोलनमा नेकपा एमालेले पछारिदै उठ्दै अगाडि बढेको बताएका छन् ।
नेकपा एमाले कालिगण्डकी गाउँपालिका गुल्मीले दशैं तिहार छट पर्वको अबसरमा आयोजना गरेको शुभकामना कार्यक्रममा नेता नेकपा एमालेबाट माधव नेपाल सहित केहि नेताहरु बिहिरिएको बताएका छन् ।
पार्टीबाट चोइटिएर केही नेताहरु जाँदा एमालेलाई यस्ता धक्का पटक–पटक चिर्दै आएको बताएका छन् । उनले २०५० सालमा नेपालको कम्युनिष्ट आन्दोलनमा जननेता मदन भण्डारी र संगठन बिभाग प्रमुख जीवराज आश्रीत त्रिसुलीमा डुबाएर हत्या गरेर केहि मान्छेले एमाले कहिल्यौं ब्युतिने छैन भनेर सोचको बताए।
नेता ज्ञवालीले भने, ‘तर हामीले धुलो टकटकायौं सरिरमा लागेका घाउहरुको रगत पुछेयौं’, ‘९ महिने लोकप्रिय सरकार बनायौं, मदन भण्डारीको हत्या गरेर एमाले सिध्याइयो भन्ने सपना देख्नेहरुको सपना चक्नाचुर पारेयौं, पछारिदै उठदै अगाडी बढेयौं’,।
‘२०५६ सालमा नेकपा एमाले बिभाजन गरियो, ज्ञवालीले भने, ‘अहिले जस्तो होइन ४३ प्रतिशत बिभाजनको पक्षमा लगे तर हामीले कमस खाएर मैदान अगाडी बढेयौं सफलता मिल्यो’,।
विभाजन गर्नेहरु शुन्य भए । अर्को चरणमा माओवादी आयो, सबै माओवादी होकी जस्तो खालको अबस्था नै आयो ज्ञवालीले भने, ‘जातिय क्षेत्रिया, पहिचाहनको राजनितिको बिगबिगी सबै मान्छे उति बहकीए जस्तो अबस्था पनि आयो तर हामी बिचलित नभइ धुलो टकटकाएर अगाडी बढ्यौं।’
उनले ०७३ सालमा केपी ओली अघिल्लो चोटी प्रधानमन्त्री बन्द नाका बन्दीको सामाना गरेर, चिनसँग पारबहान सम्झौता गरेर राष्ट्रियताको स्वाभीमानको शिर माथी खडा गरेको देशलाई एकपक्ष निर्भरता अत्य गरेको सरकारलाई ९ महिनामै घेरा बन्दी गरेको बताए । अहिले पनि यसै गरि घेराबन्दीमा परेका बताए ।
अहिले हामीलाई धक्का खएजस्तो सरकारबाट बाहिरीए जस्तो, पार्टी बिभाजन भएजस्तो जे देखेका छौं उनले भने, ‘जे हामीले देखेका छौं यो अस्थयी कुरा हो जब सूर्यको ताप बिस्तारै बढदै जाने छ एमाले जुरुक्क उठ्ने छ यी सबै चुनौती चिरेर अगाडी बढ्ने छ’ ।
सबैखालका शक्ती मिलेर एमालेलाई सरकारबाटबाहिर ल्याउनको निम्तिी गरिएको सडयन्त्र परेको बताए। उनले जनताको नजरबाट तलमाथी नभएको जिकिर गरे । यस्ता घटनाबाट बिचलित नभई अगाडी बढन कार्यकर्तालाई आग्रह गरे।
प्रतिक्रिया 4