+
+

मुख्यमन्त्री आचार्यले दशैंपछि मात्रै विश्वासको मत लिने

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २२ गते १३:४७

२२ असोज, विराटनगर । अल्पतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले कात्तिक ५ गते विश्वासको मत लिने तयारी गरेका छन् ।

एमाले संसदीय दलको शुक्रबार बसेको बैठकले कात्तिक ५ गते विश्वासको मत लिने निर्णय गरेको एक सांसदले जानकारी दिए । ती सांसदका अनुसार बैठकमा मुख्यमन्त्री आचार्यले कात्तिक ५ गते विश्वासको मत लिने बताएका थिए ।  विश्वासको मत लिनका लागि असोज २४ गते प्रस्ताव दर्ता गर्ने उनको भनाइ छ ।

नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रदेश सांसद हिक्मतकुमार कार्कीले दशैंअघि समय नपुग्ने भएकोले दशैंपछि मात्रै विश्वासको मत लिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?