२४ असोज, काठमाडौं । घरेलु टोली माल्दिभ्सले साफ च्याम्पियनसिप २०२१ मा लगातार दोस्रो जित हात पार्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएका छ ।
आइतबार भएको खेलमा माल्दिभ्सले श्रीलंकालाई १-० ले हरायो ।
मालेस्थित नृशनल स्टेडियममा भएको खेलमा रंगशालामा माल्दिभ्सको जितमा अलि अस्फाकले निर्णायक गोल गरे । खेलको छैटौं मिनेटमा अस्फाकले गरेको गोल बन्यो।
पहिलो खेलमा नेपालसँग पराजित भएको माल्दिभ्सले त्यसपछि बंगलादेशलाई पराजित गरेको थियो । माल्दिभ्सले दुई जितपछि ३ खेलबाट ६ अंक जोडेको छ । नेपालले लगातार दुई खेल जित्दै ६ अंक जोडिसकेको छ।
श्रीलंका भने चार खेल खेल्दा जितविहीन हुँदै बाहिरियो। तीन हार र एक बराबरीपछि श्रीलंकाले जम्मा एक अंक मात्र जोड्न सक्यो।
आजै नेपाल र भारतबीच खेल हुँदैछ। खेल राति ९:४५ बजे सुरु हुनेछ । यस खेल जितेमा नेपाल एक खेल अघि नै फाइनल पुग्नेछ ।
प्रतिक्रिया 4