+
+

ताकुकोट माइभगवतीमा यसरी भित्र्याइयो फूलपाती (फोटो फिचर)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७८ असोज २६ गते १८:५६

२६ असोज, गोरखा । आज बडा दशैंको सातौँ दिन गोरखाको ताकुकोटस्थित माइभगवती मन्दिरमा बाजागाजाका साथ फूलपाती भित्र्याइएको छ ।

यहाँ दराै‌दी नदीको दुई ठाउँबाट फूलपाती ल्याइन्छ । निवेल र चनौटे क्षेत्रबाट छुट्टाछुट्टै टोलीले माइभगवती मन्दिरसम्म फूलपाती ल्याउँछन् । विहान मन्दिरबाट उपासेहरु कसैलाई नछोइ खाली खुट्टा हिँड्दै अशोकको फूल र बेलको बोटलाई निम्तो दिदै दरौँदी नदीमा गएर नुहाउने गर्छन् । नुहाएपछि नदीबाट देउता उठाउने गरिन्छ ।

देउता उठाइसकेपछि फूलपाती मन्दिरमा नभित्र्याएसम्म कसैसँग पनि छुनु र बोल्न पाइँदैन । नुहाइसकेपछि झोली बनाइन्छ, त्यस झोलीमा विहान निम्तो दिएको बेलको फूल, बेल पत्र, अशोकको फूल, अयन्ती, जयन्ती, आलती, मालती, पारिजातको फूल, कुभिण्डो, अदुवा, जनैलहरा विभिन्न जातका फलफूल टिपेर आफ्नो झोलीमा हालिन्छ । फलफूल हालेको झोली भुइँमा बिसाउन पनि नहुने परम्परा छ ।

बीच बाटोमा बाजागाजासहित मन्दिरबाट पण्डित, मुलपुजारी, द्वारे र अन्य मानिस हरु लिन आउँछन् । विभिन्न पूजा विधि गरेर मन्दिरमा फूलपाती भित्र्याइन्छ । आज भित्र्याएको फूलपाती दशमीको दिनमा बाजाबाजाका साथ विसर्जन गरिन्छ ।

हेर्नुहोस् तस्वीरहरु

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?