३१ असोज, धनगढी । कैलालीमा एक जनाको हत्या भएको छ । धनगढी उपमहानगरपालिका–७ का अन्दाजी २५ वर्षीय रमेश चौधरीको हत्या भएको प्रहरीले जनाएको छ ।
प्रहरीले हत्याको घटना अनुसन्धानका लागि रमेशकी श्रीमतीसहित चार जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले शनिबार बिहान घरदेखि करिब ७ सय मिटर टाढा खुटिया खोलाको छेउमा मृत अवस्थामा फेला परेका चौधरीको हत्या गरिएको खुलेको जानकारी दिए ।
शुक्रबार साँझ साथीकोमा जान भन्दै घरबाट निस्किएका उनी बिहान मृत अवस्थामा फेला परेका थिए । प्रारम्भिक रुपमा उनको घाँटी थिचेर हत्या गरेको पाइएपछि प्रहरीले संलग्न भएको आशंकामा चार जनालाई पक्राउ गरेको छ । प्रहरीले पक्राउ परेकाहरुको नाम भने खुलाएको छैन ।
मृतक चौधरीका तीन वर्षीय छोरा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4