+
+

बैंकको ब्याजदर तीन वर्ष यताकै उच्च

सनराइज र सानिमाले घटाए, अधिकांशले बढाए

रोयल आचार्य रोयल आचार्य
२०७८ कात्तिक १ गते ११:०८

१ कात्तिक, काठमाडौं । आजदेखि निक्षेपमा नयाँ ब्याजदर लागू भएको छ । कात्तिक महिनाका लागि बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । ब्याजदर सार्वजनिक गर्ने बैंकहरु मध्ये अधिकांशको दर बढेको छ ।

बैंकको ब्याजदर पछिल्लो ३ वर्ष यताकै महंगो भएको छ । नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले अहिलेको ब्याजदर पछिल्लो ३ वर्ष यताको उच्च भएको पुष्टि गरे । २०७५ मंसिरमा बैंकहरुमा लगानी योग्य रकम (तरलता) अभाव हुँदा बैंकहरुले आक्रामक रुपमा ब्याजदर बढाएका थिए ।

बैंकहरुले अत्यधिक रुपमा ब्याजदर बढाएपछि त्यसबेला एकल अंकमा ब्याजदर कायम गर्ने भन्दै सीईओहरुले भद्र सहमति गरेका थिए । आजदेखि लागू भएको ब्याजदर त्यसयताकै उच्च हो ।

कात्तिक महिनाका लागि आधा दर्जन बैंकहरुले यस वर्षकै उच्च ब्याजदर सार्वजनिक गरेका छन् । अघिल्लो महिना सबैभन्दा महंगो ब्याजदर सार्वजनिक गरेर चर्चामा आएको सनराइज बैंकले भने यतिबेला संयमता अपनाएको छ ।

अघिल्लो महिना सनराइजले मुद्दति निक्षेपमा अधिकतम १०.०७ प्रतिशत ब्याजदर दिने उल्लेख गरेको थियो । त्यसबेला बैंकहरु मध्येको सबैभन्दा महंगो यो बैंक बनेको थियो । तर अहिले सनराइज बैंकले भने ब्याजदर घटाएर ९ प्रतिशतमा झारेको छ ।

सनराइज बैंकसँगै सानिमा बैंकले पनि ब्याजदर घटाएको छ । प्रभु बैंकको ब्याजदर स्थिर देखिएको छ । सनराइज लगायतका केही बैंकहरुले ब्याजदरमा संयमता अपनाउदा हिमालयन, एनआइशी एशिया लगायतका केही बैंकहरुले भने आक्रामक रुपमा ब्याजदर बढाएका छन् ।

हिमालन बैंकको निक्षेपमा ११ दशमलव ६६ प्रतिशतसम्म दिने बताएको छ । यो बैंकहरु मध्ये सबैभन्दा धेरै हो । उता कर्जा लगानीमा आक्रामक देखिने गरेको एनआइशी एशिया बैंकले पनि निक्षेपमा महंगो ब्याजदर घोषणा गरेको छ ।

एनआइशी एशियाले ११ दशमलव १० प्रतिशतसम्म ब्याजदर दिने बताएको छ । यो हिमालयन पछि सबैभन्दा धेरै महंगो ब्याजदर हो । यसैगरी लक्ष्मी बैंकले ११.०५ प्रतिशत, नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले १०.५५ प्रतिशत र कुमारी बैंकले १०.३१ प्रतिशत ब्याजदर दिने घोषणा गरेका छन् ।

निक्षेपको ब्याजदर भनेको बैंकले दिने ब्याजदर हो । तर निक्षेपको ब्याजदर बढेपछि कर्जाको समेत ब्याजदर बढ्छ । यसले उद्योग–व्यवसायको उत्पादनको लागत बढाउने र सर्वसाधारणलाई मर्का पर्ने हुन्छ ।

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?