+
+

उत्तराखण्डमा तीन नेपाली श्रमिकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १ गते १८:३०

१ कात्तिक, काठमाडौं । भारतको उत्तराखण्डमा भारी वर्षासँगै आएको पहिरोमा परी तीन नेपाली श्रमिकको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् ।

जिल्ला धिकारी विजयकुमार जोगदान्डेका अनुसार होटल निर्माणमा खटिएका श्रमिकहरु समखल भन्ने स्थानमा टेण्टमा बसेका थिए । लगातारको वर्षाका कारण माथिल्लो भागबाट जमिन खस्दा उनीहरुलाई पुरिएको समाचारमा जनाइएको छ ।

घटनामा घाइते दुईजनालाई अस्पताल भर्ना गरिएको छ । राज्य सरकारले मौसममा सुधार नआउँदासम्म हिमालय क्षेत्रका मन्दिरमा नजान आग्रह गरेको छ ।

एजेन्सीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?