+
+

सुनको मूल्य २ सय रुपैयाँले बढ्यो, चाँदीको स्थिर

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ९ गते १३:००

९ कात्तिक, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले उकालो लागेको छ ।

स्थानीय बजारमा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ तोकिएको छ । उक्त धातु सोमबार प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तरराष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँको सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।

यस्तै महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको मूल्य मंगलबार प्रतितोला ९२ हजार १ सय रुपैयाँ रहेकामा सोमबार ९१ हजार ९०० थियो ।

महासङ्घका अनुसार मंगलबार चाँदीको मूल्य स्थिर रहेकाले प्रतितोला १ हजार २६५ रुपैयाँ कायम छ । चाँदी सोमबार प्रतितोला सोही मूल्यमै कारोबार भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?