+
+

एन्फासँग नयाँ सम्झौता गर्न प्रशिक्षक अल्मुताइरी सहमत

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १० गते १९:३७

१० कात्तिक, काठमाडौं । नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नयाँ सम्झौता गर्न सहमत भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएसनसँग भएको छलफलपछि अल्मुताइरी सम्झौताका लागि तयार भएका हुन् ।

माल्दिभ्समा भएको साफ च्याम्पियनसिप फुटबलमा नेपाललाई फाइनलमा पुर्‍याएका अल्मुताइरीले नेपाल नफर्किने घोषणा गरेका थिए । भारतविरुद्ध फाइनल खेल्नुअघि उनले यो खेल नेपाली टिमसँग अन्तिम खेल रहेको र नेपाल नफर्कने बताएका थिए ।

त्यसपछि एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र महासचिव इन्द्रमान तुलाधारले माल्दिभ्समै पुगेर नेपाल फर्किन अनुरोध गरेका थिए ।अल्मुताइरी भने नेपाली टिमसंग फर्किएनन् र कतार लागे ।

एन्फा अध्यक्ष पनि कतार पुगेर उनीसँग भेट गरे । कतार पुटबल संघसँग पनि छलफल गरेपछि उनले आफ्नै निर्णयलाई परिवर्तन गर्दै नेपाल आउने बताएका हुन् ।

तीन वर्ष नेपालको प्रशिक्षक रहन सहमत भएको जानकारी दिँदै उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘आगामी दुई वर्षको लक्ष्य र योजना छिट्टै सार्वजनिक गर्छौं । नेपाली फुटबललाई अर्को स्तरमा पुर्‍याउने मेरो बाचा छ, तर हामीलाई समय दिनुस् ।’

अल्मुताइरी गत चैतमा कतार पुटबल संघको सहयोगमा एक वर्षका लागि नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक नियुक्त भएका थिए । जुनमा अल्मुताइरीसँग २०२२ सेप्टेम्बरसम्मका लागि नयाँ सम्झौता गरेको एन्फाले बताएको छ । तर अलमुताइरीले भने पटकपटक नेपाल छाड्ने बताएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?