+
+

एमाले अधिवेशन : आफ्नै क्षेत्रमा घनश्याम भूषाल पक्ष उम्मेदवार पराजित

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ११ गते ९:०३

११ कात्तिक, बुटवल । नेकपा (एमाले)को सिद्धार्थनगर नगर अधिवेशनमा पार्टीका उपमहासचिव एवम् सोही क्षेत्रका संघीय सांसद घनश्याम भूषाल पक्षीय तीनैजना उम्मेदवारले पराजय ब्यहोरेका छन् ।

नगर अधिवेशनबाट अध्यक्षमा अर्का उपमहासचिव विष्णु पौडेल पक्षका उम्मेदवार चक्रबहादुर थापा विजयी भएका छन् ।

भुषाल निकट थानेश्वर पौडेललाई १०४ मत अन्तरले पराजित गर्दै थापा निर्वाचित भएका हुन् । २२३ मत खसेकोमा थापाले १६१ मत प्राप्त गर्दा पौडेलले ५७ मत मात्र प्राप्त गरेका छन् ।

यस्तै उपाध्यक्षमा पनि पौडल पक्षका अर्जुनकुमार गिरी विजयी भएका छन । उनले १८७ मत प्राप्त गर्दा भूषाल पक्षकी लक्ष्मी केसीले ३४ मत प्राप्त गरिन् ।

सचिवमा पौडल पक्षकै नारायणप्रसाद भण्डारीले भूषाल पक्षका मनोजकुमार रिजाललाई १५४ मतले पराजित गरे । भण्डारी माओवादी केन्द्रबाट एमालेमा लागेका हुन् ।

तिलोत्तमामा पनि भूषाल पक्ष नेतृत्वमा अटाएन

घनश्याम भूषालको गृहनगर तिलोत्तमामा उनी पक्षीय उम्मेदवार नगर कमिटीको नेतृत्वबाट पाखा लागेका छन् ।

अधिवेशनमा अर्का उपमहासचिव विष्णु पौडेल पक्षीय तामनाथ पाण्डे निर्वाचित भएका छन् ।

अध्यक्षका दाबेदार भूषाल पक्षीय उम्मेदवार सुरेन्द्र श्री भने पाखा परेका हुन् । सुरेन्द्र श्री नेकपा विवाददेखि एमाले विभाजनपछि पनि भूषालको पक्षमा उभिएका थिए ।

सुरेन्द्र श्री साविक एमालेको क्षेत्रीय कमिटी सचिव र हाल नगरपालिकाको कार्यपालिका सदस्य एवं प्रवक्ता हुन् ।

नगर अध्यक्षमा निर्वाचित पाण्डे वडा नंं १ का अध्यक्ष हुन् । अध्यक्षकै दाबेदार रहेका नेत्र बनलाई उपाध्यक्ष र मिनप्रसाद पोखरेललाई सचिव बनाइएको छ ।

पोखरेल यसअघि पनि सचिव नै थिए । दुवैजना ओली पक्षीय हुन् । दुई उपसचिव पदमा गणेश उपाध्याय र संगीता गुरुङ चयन भएका एमाले रुपन्देहीका सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख मोहन चापागाईंले जानकारी दिए ।

दुई दिनसम्म सहमतिको प्रयास गरेर निर्विरोधरुपमा नेतृत्व चयन गरिएको चापागाईले बताए । सुरेन्द्र श्रीलाई जिल्ला कार्यसमितिमा समेट्ने गरी सहमति गरिएको एमालेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?