+
+

एमाले बैठकमा प्रतिनिधिको संख्या बढाउन माग

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १२ गते १६:०१

१२ कात्तिक, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्यहरुले महाधिवेशन प्रतिनिधिको संख्या बढाउन माग गरेका छन् ।

ललितपुरको च्यासलमा जारी पार्टी केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष भीम रावल, केन्द्रीय सदस्यहरु हिक्मत कार्की, झपट रावललगायतले भूगोलबाट आउने प्रतिनिधिहरुको संख्या बढाउन माग गरेका हुन् ।

यसअघि बिहीबार बसेको स्थायी कमिटी बैठकले आसन्न दशौं महाधिवेशनमा १ हजार ५ सय प्रतिनिधि चयन गर्ने निर्णय गरेको थियो । भूगोलबाट १,१९६ जना आउने छन् भने केन्द्रीय कमिटी, अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोग र सल्लाहकार परिषदका निश्चित सदस्य पदेन प्रतिनिधि हुनेछन् ।

स्थायी कमिटीले निर्णयअनुसार हरेक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट १,५०० पार्टी सदस्य बराबर दुई खुला र एक महिला गरी ३ जना प्रतिनिधि महाधिवेशनमा सहभागी गराउने निर्णय गरेको थियो । त्यसमा थप हुने हरेक एक हजार सदस्य बराबर एक प्रतिनिधि थप हुनेछ ।

हरेक जिल्लाबाट एकएक जना दलित प्रतिनिधि, हरेक प्रदेशबाट मजदुर प्रतिनिधिहरु चयन हुनेछन् । हरेक जनसंगठनबाट ५/५ जना महाधिवेशन प्रतिनिधि आउने छन् भने केन्द्रीय कार्यालय र विभागहरुबाट दुई खुला र एक महिला गरी ३ जना तथा प्रवासबाट २० जना प्रतिनिधि सहभागी हुने निर्णय स्थायी कमिटी बैठकले गरेको थियो । सोही निर्णय परिमार्जन गर्नुपर्ने माग जारी केन्द्रीय कमिटी बैठकमा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?