+

पाकिस्तानी पत्रकारको त्यो प्रश्न, जसलाई नाबीले अस्वीकार गरे

२०७८ कात्तिक  १३ गते १६:५१ २०७८ कात्तिक १३ गते १६:५१

पाकिस्तान र अफगानिस्तानबीच भएको टी–२० विश्वकपको रोमाञ्चक भिडन्तमा पाकिस्ताले बाजी मार्‍यो । अफगानिस्तानले अन्तिमसम्म पनि पकड कायम राखेको खेलमा आसिफ अलीले अन्तिम ओभरमा चार छक्का हानेपछि सबथोक बदलियो ।

पाकिस्तानी पत्रकारको त्यो प्रश्न, जसलाई नाबीले अस्वीकार गरे

१३ कात्तिक, काठमाडौं । पाकिस्तान र अफगानिस्तानबीच शुक्रबार भएको टी–२० विश्वकपको रोमाञ्चक भिडन्तमा पाकिस्ताले बाजी मार्‍यो । खेलमा अफगानिस्तानले अन्तिमसम्म पनि आफ्नो पकड कायम राखेको थियो । तर पाकिस्तान ब्याट्सम्यान आसिफ अलीले अन्तिम ओभरमा चार छक्का हानेपछि सबथोक बदलियो ।

खेलपछि अफगानिस्तानका कप्तान मोहम्मद नाबीले प्रेस कन्फ्रेन्समा सञ्चारकर्मीहरुको प्रश्नहरु लिए । तर पाकिस्तानका एक पत्रकारको जवाफ उनले दिएनन् ।

पाकिस्तानका एक पत्रकारले सोधेका थिए, ‘सरकार बदलिएको छ, अवस्था फेरिएको छ, फर्किएर जाँदा सोधनी हुनेछ भन्ने डर छ ? नयाँ एरा सुरु भएको छ, पाकिस्तानसँग सम्बन्धन राम्रो छ र पाकिस्तानसँग राम्रो सम्बन्धको लाभ होला ?

मोहम्मद नाबीले यसको जवाफ दिन अस्वीकार गरे । उनले भनेका छन्, ‘के हामी त्यो प्रश्नलाई छोडेर क्रिकेटको मात्र कुरा गर्न सक्छौं ?’

‘यदि क्रिकेटको कुरा गर्न सक्छौं भने राम्रो हुनेछ । त्यो अवस्थालाई त्यही छाडौं, हामी यहाँ विश्वकपका लागि आएका हौं र पुरा तयारी गरेर आत्मविश्वासको साथ आएका छौं । क्रिकेटसँग जोडिएको प्रश्न छ भने भन्नुहोला ।’

पाकिस्तानी पत्रकारले फेरि सोधे, पाकिस्तानसँग सम्बन्ध राम्रो भएकोमा अफगानिस्तान टिमलाई भविश्यमा कति फाइदा होला ? नाबीले यसको पनि जवाफ दिएनन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय