+
+

प्रधानमन्त्री फर्केलगत्तै नागरिकता ऐन पारित हुन्छ : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १३ गते १७:०३

१३ कात्तिकm काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बेलायतबाट फर्किने वित्तिकै नागरिकता ऐन पारित हुने दावी गरेका छन् । शनिबार सर्लाहीमा आयोजित कार्यक्रममा उनले यो गठबन्धन सरकारले नै मधेसी जनताको नागरिकताको समस्या हल गर्छ भन्ने प्रमाणित गर्ने बताए ।

‘सबै प्राविधिक कुरा म अहिले भन्दिन । प्रधानमन्त्री फर्केर आएपछि नागरिकता ऐन पारित गरिनेछ’ उनले भने, ‘यो गठबन्धनले नै मधेसी जनताको नागरिकताको समस्या हल गर्‍यो भन्ने प्रमाणित गरिनेछ ।’

हाल प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत भ्रमणमा छन् । उनी कात्तिक १८ गते स्वदेश फर्किदैछन् । नागरिकता ऐन पारित हुन नसक्दा संविधान अनुसार जन्मका आधारमा नागरिकता लिएका नेपाली नागरिकका सन्तानले नागरिकता पाउन सकेका छैनन् । यो समस्या मधेसमा धेरै छ ।

आफूहरुले केपी शर्मा ओली नेतृत्वको सरकारकै बेलामा नागरिकता ऐन पारित गर्न खोजे पनि सम्भव नभएको प्रचण्डले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?