१४ कात्तिक, धनगढी । कैलालीमा नदीमा नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ ।
भजनी नगरपालिका-३ ढुसीका नरेन्द्र निसादका १३ वर्षीय छोरा धनन्जय र सोही ठाउँका लायकराम चौधरीका १० वर्षीया छोरा अरवीन्द्र चौधरीको काँडा नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।
शनिबार नदीमा नुहाउने क्रममा उनीहरु डुबेका थिए । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा उनीहरुको शव बाहिर निकालेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4