+
+

हाम्रो प्रदर्शन न्यायालयविरुद्ध होइन : कानून व्यवसायी

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १४ गते १०:३९

१४ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै प्रदर्शनमा उत्रिएका कानून व्यवसायीहरुले आफूहरुको आन्दोलन न्यायालयविरुद्ध नभएको बताएका छन् । रहरले नभइ बाध्यताले प्रदर्शन गर्नु परेको उनीहरुको भनाइ छ ।

नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रदर्शन आफूहरुको रहर नभइ बाध्यता भएको बताए । उनले गलत प्रवृत्ति सच्याउने कोसिस अनुसार प्रदर्शन गरेको श्रेष्ठको भनाइ थियो ।

नेपाल बार एशोसिएसनकी उपाध्यक्ष रक्षा बस्यालले विरोध प्रदर्शनमा उत्रिंदा असहज महसुस भए पनि न्यायालयको शुद्धीकरणका लागि प्रदर्शन गर्नु परेको बताइन् ।

बरिष्ठ कानन व्यवसायी कृष्णप्रसाद भण्डारीले आफूहरुको प्रदर्शन न्यायालयविरुद्ध नभएको बताए ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै कानून व्यवसायीहरुले आज कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् ।

प्रधानन्यायाधीश जबराले विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको र न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको भन्दै नेपाल बार एशोसिएसनले उनको राजीनामा माग्दै विरोधका कार्यक्रम घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?