
१४ कात्तिक, काठमाडौं । कानुन व्यवसायीहरुको प्रदर्शनलाई लक्षित गरी सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सर्वोच्च अदालत र नेपाल बार एशोसिएसन दुवैमा प्रवेशमा कडाइ गरिएको छ ।
सर्वोच्च अदालत भित्र र बाहिर सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । प्रहरीका गाडी पनि तयारी अवस्थामा राखिएको छ ।
सर्वोच्च अदालतका कर्मचारीहरु र प्रवेश पास भएकालाई मुख्य गेटमा परिचय पत्र देखाएरमात्र प्रवेश गर्न दिइएको छ । अन्यलाई सर्वोच्च अदालत परिसरमा प्रवेश गर्न दिइएको छैन । कतिपय कानुन व्यवसायीहरुले आफूहरु पनि परिचयपत्र देखाएरमात्र प्रवेश पाएको बताएका छन् ।
वकिल र पत्रकार बाहेक पनि केही विद्यार्थीहरु नेपाल बारको कार्यालयमा छिरेका थिए । उनीहरुलाई सुरक्षाकर्मीहरुले बाहिर निकालेका छन् ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4