+
+

न्यायपालिका खतरामा परेको अनुभव भएको छ : वरिष्ठ अधिवक्ता ढुंगाना

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १४ गते १३:१९

१४ कात्तिक, काठमाडौं । पूर्वसभामुख वरिष्ठ अधिवक्ता दमननाथ ढुंगानाले संविधानले परिकल्पना गरेका संस्थाहरु बिटुलिन थालेकाले शुद्धीकरण अभियान शुरु गरेको बताएका छन् ।

आइतबार नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै शुरु गरेको धर्नामा सहभागी भएका उनले अहिले न्यायपालिका खतरामा रहेको अनुभव भएको बताए ।

‘संविधानले निर्माण गरेका संस्थाहरु संविधानको अपेक्षा बमोजिम चलेका छैनन्, नेतृत्वमा भएकाहरुले कानुन र आचारसंहिता बमोजिम काम गर्न सकेका छैनन्’ उनले भने, ‘न्यायपालिका खतरामा रहेको अनुभव भएको छ ।’

आफूहरुले न्यायालयबाट शुद्धीकरण अभियान शुरु गरेको भन्दै वरिष्ठ अधिवक्ता ढुंगानाले आफूहरुको मुख्य उद्देश्य संविधान र प्रजातन्त्रको रक्षा गर्ने रहेको बताए ।

‘न्यायलय मात्र होइन संविधानमा परिकल्पना गरेका संस्थाहरु विटुलिन थालेका छन् । त्यसको शुद्धीकरणका लागि न्ययालयबाट शुरु गरेका छौं’ उनले भने ।

यो शुद्धीकरण अभियान बीचैमा नछाड्ने पनि वरिष्ठ अधिवक्ता ढुंगानाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?