+
+

ललितपुर महानगरमा ज्येष्ठ नागरिकलाई निमोनिया विरुद्धको खोप लगाउन शुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १४ गते १४:२१
फाइल तस्वीर

१४ कात्तिक, काठमाडौं । ललितपुर महानगरपालिकाले जेष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप लगाउन शुरु गरेको छ ।

पहिलो चरणमा ७४ वर्षमाथिका ५ हजार २ सय जना जेष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप लगाउन शुरु गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जानकारी दिए ।

नागरिकताको प्रमाणपत्र र वडा कार्यालयको सिफारिसको आधारमा जेष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप (पीसीभी–१३) दिने व्यवस्था मिलाइएको उनले बताए । वडामा रहेको खोप केन्द्रमा पुगि बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाउन सकिने र यो अभियान कात्तिक १७ गतेसम्म सञ्चालन हुने उनले बताए ।

दोस्रो चरण अन्तर्गत ७० देखि ७३ वर्ष उमेर समूहका जेष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप दिइने उनले बताए । यो उमेर समूहका जेष्ठ नागरिक करिब २ हजार ८ सय जना छन् । दोस्रो चरणको खोप कार्यक्रम छिट्टै सञ्चालन हुने अर्यालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?